खोजि गर्नुहोस..

देवीनगर स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविकाको क्षयरोगसम्बन्धी अभिमुखीकरण सम्पन्न

जेठ १८, पाल्पा ।  पूर्वखोला गाउँपालिका–४ स्थित देवीनगर स्वास्थ्य चौकीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम “पहुंच कम भएका समुदायमा सक्रिय क्षयरोग खोजपड्ताल” अभियानअन्तर्गत आयोजना गरिएको हो।

अभिमुखीकरण कार्यक्रम २०८२ साल जेठ १५ गते सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री मोहन ढकालले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्री मेहर सिंह थापा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा सहभागी स्वयंसेविकाहरूलाई क्षयरोगका प्रारम्भिक लक्षणहरू, जोखिम समूह पहिचान तथा सक्रिय खोजपड्ताल गर्ने तरिकाहरूबारे जानकारी दिइयो। साथै, समुदायमा क्षयरोगबारे जनचेतना फैलाउने प्रभावकारी उपायहरू पनि सिकाइयो।

कार्यक्रमको उद्देश्य स्वयंसेविकामार्फत समुदायस्तरमा क्षयरोग नियन्त्रणमा सहयोग पुर्‍याउने रहेको आयोजकहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *