खोजि गर्नुहोस..

नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति भारतीय रक्षामन्त्रीद्वारा दुःख व्यक्त, उद्धार र राहतमा सहयोग गर्ने प्रतिबद्धता

नयाँ दिल्ली — भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस अकल्पनीय प्राकृतिक विपत्तिले नेपाली नागरिकका साथै भारतीयलगायत अन्य विदेशी नागरिकलाई समेत प्रभावित बनाएको उल्लेख गरेका छन्।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत जानकारी दिँदै उनले लेखेका छन्, “यस विपत्तिमा ज्यान गुमाउनेहरूका परिवारप्रति हाम्रो प्रार्थना र समवेदना छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।”

नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई स्मरण गर्दै रक्षामन्त्री सिंहले भारत सधैँ नेपालको ‘सुख-दुःखको साथी’ रहेको बताएका छन्। “एक निकट मित्र र साझेदारका रूपमा भारत सधैँ नेपालको साथमा उभिएको छ,” उनले भनेका छन्, “यस कठिन घडीमा पनि हामी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौँ र नेपालको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासहरूमा सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ।”

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *