खोजि गर्नुहोस..

शिवराज नगरपालिकाको चेतावनी : बालश्रममा संलग्न गराए कडा कारबाही हुनेछ

जेठ ७, चन्द्रौटा । शिवराज नगरपालिकाले १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण कार्यमा संलग्न नगराउन कडा चेतावनी दिँदै सार्वजनिक सूचना जारी गरेको छ। संविधान र श्रम ऐनअनुसार बालश्रम गैरकानुनी भएको स्मरण गराउँदै पालिकाले सबै नागरिक, व्यवसायी तथा सरोकारवालालाई सतर्क रहन आह्वान गरेको हो।

नगर प्रमुख अजय थापाको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, “इँटाभट्टा, होटल, उद्योग, खानी, पसल, ठेलागाडी तथा घरेलु श्रमजस्ता जोखिमयुक्त क्षेत्रमा बालबालिकालाई काम लगाएको पाइएमा, सम्बन्धित पक्षमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ।”

पालिकाले बालबालिका शारीरिक तथा मानसिक रूपमा संवेदनशील हुने भएकाले उनीहरूको शिक्षा, सुरक्षा र समुचित संरक्षण सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

साथै, सूचना मार्फत अभिभावक, उद्योग तथा व्यवसाय सञ्चालक, र अन्य सरोकारवाला निकायलाई कानूनी दायित्व पालन गर्न, बालमैत्री समाज निर्माणमा सहयोग पुर्‍याउन आग्रह गरिएको छ।

शिवराज नगरपालिकाले बालअधिकार संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा बालश्रमविरुद्धको अनुगमन प्रक्रिया थप प्रभावकारी बनाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *