जेठ ८, सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सम्पन्न आठौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ८ ले वडा नम्बर ३ लाई ट्राइबेकरमा ६-५ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ।
मंगलबार भएको फाइनल खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो। वडा नम्बर ८ को यो चौथो उपाधि हो, जसले उनीहरूलाई प्रतियोगिताको सबैभन्दा सफल टोली बनाएको छ।
विजेता वडा नम्बर ८ ले रु. १ लाख ५५ हजार नगद र ट्रफी प्राप्त गर्दा, उपविजेता वडा नम्बर ३ ले रु. ९० हजार नगदसहित ट्रफी जितेको छ।
सेमिफाइनलसम्म पुगेका वडा नम्बर १३ र आयोजक वडा नम्बर ७ ‘बी’ ले प्रत्येक रु. २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
आयोजक समितिका सचिव खड्ग रानाका अनुसार, नवौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता आगामी वर्ष वडा नम्बर १३ मा आयोजना गरिनेछ।