काठमान्डाै । कपिलवस्तुका युवा क्रिकेटर रौनक श्रीवास्ता अण्डर –१६ राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन्। अब उनी मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको सदस्य हुनेछन्।
क्रिकेट क्षेत्रमा संघर्ष गर्दै आएका श्रीवास्तको यो उपलब्धिलाई स्थानीय खेलकुद क्षेत्रका लागि ठूलो गर्वको विषय मानिएको छ। उनको यो सफलताले कपिलवस्तु जिल्लाका अन्य युवाहरुलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
रौनकलाई राष्ट्रिय टोलीमा छनोट भएकोमा कपिलवस्तु क्रिकेट संघ अध्यक्ष प्रकाश गैरे लगायत, विभिन्न खेलकुद संघ, विद्यालय, प्रशिक्षकहरू र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत पनि खुसी व्यक्त गरेका छन्। खेल प्रेमीहरूले बधाई तथा आगामी खेल यात्राका सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । श्रीवास्तवले भर्खरै सम्पन्न भएको प्रदेश स्तरीय यू–१६ क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द सिरीज र बेस्ट ब्याटरको उपाधि हात पार्न सफल भएका छन्। यो उपलब्धिले न केवल कपिलवस्तु जिल्ला, तर समग्र लुम्बिनी प्रदेशको क्रिकेट क्षमताको प्रतिनिधित्व गरेको छ।
रौनक श्रीवास्तवको दोहोरो सतकले रच्यो इतिहास, कपिलवस्तुबाट उदाए नेपाली क्रिकेटका चम्किला तारा – लुम्बिनी टुडे