ताैलिहवा । यशोधरा गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार अनुप कुमार पाण्डेयले विकास मार्फत, समाज परिवर्तनको लागि आफ्नो उम्मेद्धारी रहेको बताएका छन् । गाउँपालिकामा भौत्तिक पूर्वाधारका साथ साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकास समाज परिवर्तनको लागि आफ्नो उम्मेद्धारी रहेको बताएका छन् ।
उनले पालिकाका हरेक वार्डमा सुविधा सम्पन्न स्वास्थ्य संस्था आफ्नो पहिलो प्राथामिकता रहेको बताएका छन् । शिक्षालाई गुणस्तरिय बनाउन बिशेष कार्यक्रम नै संचालन गर्ने आफ्नो योजना रहेको बताए । शिक्षमा सुधारका लागि बिद्यालयमा कम्प्यूटर, बिज्ञान र कृषि प्रयोगशाला स्थापना गर्ने बताएका छन् ।
साथै खानेपानी, सिचाई, कृषकहरुलाई बिउँ मल सहज रुपमा उपलब्ध गराउने बताएका छन् । पालिका अपुरा योजनाहरुलाई पनि प्रमुख प्राथमिकता साथ अगाडी पाण्डेय बताएका छन् ।
लामो समय सामाजिक र राजनैतिक क्षेत्रमा सकृय पाण्डेयले यशोधरा बासीहरुले आफुलाई निर्बाचित गर्ने आफु पुर्ण रुपमा विश्वस्त रहेको बताउ छन् ।
शिक्षित समाजसेवी पाण्डेय यशोधरा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेद्धार हुन ।
Related