बुटवल । नेकपा एमालेले मात्र देशको बर्तमान अवस्थाको निकास दिन सक्ने पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्माले दावी गरेका छन । उनले नेकपा एमालेको बहुमतको सरकार विना देशले निकास पाउन नसक्ने बताउदै देशको बर्तमान अवस्थाको निकासको लागि एमालेका उम्मेदवारले जित्न आवश्यक रहेकोमा जोड दिए ।
प्रतिनिधि सभा निर्वाचन अन्र्तगत नेपाल कम्यूनिष्ट पार्टी एमाले ओमसतिया–१, को प्रचार प्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । पुर्व प्रतिनिधि सभा सदस्य समेत रहेका नेता विश्वकर्माले नेकपा एमालेको नेतृत्वले क्षेत्रको विकासको लागि महत्वपूर्ण योजना अगाडि सारेको बताउदै त्यसलाई पूर्णता दिनको लागि एमालेले जित्न आवश्यक रहेको बताए ।
नेता विश्वकर्माले एमालेको नेतृत्वले दशगंजा देखि पाल्पा जोड्ने गरी योजना अगाडि बढाएको बताए । सोही अवसरमा बोल्दै नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकासले मात्र देशलाई समृद्धि बनाउने बताए । उनले रुपन्देहीको क्षेत्र नम्वर १, कृषिको र प्रचुर संभावना रहेको बताउदै कृषिको माध्यमबाट यस क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।