खोजि गर्नुहोस..

रूपन्देही -४ मर्चवारमा ‘विरासत’ भर्सेस ‘परिवर्तन’

मर्चवार (रूपन्देही) ।
राष्ट्रिय राजनीतिमा निकै महत्व राख्ने रूपन्देहीको दक्षिणी भेग मर्चवार यतिबेला आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तीव्र प्रतिक्षामा छ । मधेस राजनीतिको मुटु र रणनीतिक केन्द्र मानिने रूपन्देही निर्वाचन क्षेत्र नं. ४ मा यसपटक नेपाली कांग्रेसले युवा, बौद्धिक र निष्ठावान् उम्मेदवारका रुपमा आशुतोष मिश्रलाई चुनावी मैदानमा उतारेको छ ।

दशकौँदेखि ‘हेभीवेट’ नेताहरूको क्रिडास्थल बने पनि विकासको दौडमा सधैँ पुछारमा परेको मर्चवारका लागि मिश्रको उम्मेदवारी केवल एउटा राजनीतिक कदम मात्र नभई, वर्षौँदेखिको पछौटेपन अन्त्य गर्ने ‘आशाको किरण’ का रूपमा देखिन्छ । निर्वाचन नजिकिँदै गर्दा यहाँ ‘पुरानाको विरासत जोगाउने कि परिवर्तन रोज्ने?’ भन्ने बहस प्राथमिकतामा देखिन्छ ।

प्रभावशाली नेताहरूको गढ रहे पनि यहाँको अवस्था अझै पनि दयनीय नै छ । यही रिक्ततालाई चिर्न आशुतोष मिश्र यतिबेला स्पष्ट भिजन, कार्ययोजना र तथ्याङ्कमा आधारित एजेन्डासहित मतदाताको घरदैलो सम्मा पुगिरहेका छन् । उनले चुनावमा  हावादारी कुरा र कोरा नाराभन्दा भुइँतहका मानिसको वास्तविक समस्यालाई प्राथमिकता दिएको बताए ।

मर्चवारका ९० प्रतिशतभन्दा बढी नागरिक कृषिमा आश्रित रहेको यथार्थलाई आत्मसात् गर्दै मिश्रले सिँचाइका लागि आधुनिक ‘बोरिङ’ र मर्चवार लिफ्ट लगायत सतही सिचाइको व्यवस्थापन, समयमै मल र उन्नत बिउको सहज उपलब्धता तथा किसानको उत्पादनलाई उचित मूल्य दिलाउन मर्चवारमै कृषि उपज सङ्कलन केन्द्र र अधुरो शीत भण्डारको शीघ्र निर्माण गर्ने ठोस योजना अघि सारेका छन् । मिश्रको यो सोचले कृषिमा भविष्य खोजिरहेका स्थानीय युवा र किसानहरूमा नयाँ उत्साह भरेको देखिन्छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा मर्चवारले भोग्दै आएको सास्ती मिश्रको चुनावी एजेन्डाको अर्को महत्वपूर्ण पाटो हो । गुणस्तरीय शिक्षा र सामान्य उपचारका लागि समेत भैरहवा वा बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य गर्न उनले एउटा बहु-प्राविधिक शिक्षालय र प्रभावकारी स्वास्थ्य केन्द्र स्थापना गर्ने संकल्प लिएको बताए । त्यस्तै, सीमा क्षेत्रमा हुने सुरक्षा चुनौती तथा प्रशासनिक झमेलाहरूलाई शून्यमा झार्न ‘डिजिटल सेवा’ तथा नागरिकमैत्री प्रशासनको वकालत गर्दै उनले सुशासनको नयाँ नमुना प्रस्तुत गर्ने दाबी गरिरहेका छन् । विपक्षी उम्मेदवारहरू अवसरका लागि ‘दलबदल’ र स्वार्थको राजनीतिमा अल्झिरहेका बेला काँग्रेस उम्मेदवार मिश्रले आफूलाई मर्चवारकै धूलो–माटोमा हुर्किएको एउटा इमानदार ‘माटोको छोरो’ का रूपमा प्रस्तुत गर्दा मर्चवारका युवा र तटस्थ मतदाताहरू पनि उनीप्रति विश्वस्त देखिएका छन् ।

चुनावी अभियानका क्रममा मिश्रले मर्चवारले धेरै नेता र मन्त्री जन्माए पनि किसानका आँसु पुछ्ने काम नभएको बताउदै आफू चुनाव जित्न मात्र होइन, यो माटोको ऋण तिर्न र युवाहरूको विदेश पलायन रोक्न मैदानमा आएको भावुक अभिव्यक्ति दिने गरेका छन् । उनको यस्तै निष्ठा तथा स्पष्ट भिजनका कारण नेपाली कांग्रेसको परम्परागत मत मात्र होइन, परिवर्तन चाहने अधिकास मतदाताहरूको झुकाव उनीतिर देखिन्छ ।

रूपन्देही ४ मा यसपटक त्रिकोणात्मक प्रतिष्पर्धाको आँकलन गरिए पनि आशुतोष मिश्रको पक्षमा बढ्दो जनलहर र ‘अनुहार होइन, नतिजा’ खोज्ने मतदाताको सचेतनाले उनको जीतको सम्भावनालाई बलियो बनाएको देखिन्छ । अगामी फागुन २१ गते हुने मतदानले नेपाली काँग्रेसका उम्मेदवार असशुतोष मिश्रको नेतृत्वमा मर्चवारले विकासको नयाँ उचाइ लिनेछ वा पुरानै राजनीतिक चक्रमा रुमल्लिनेछ भन्ने फैसला गर्ने बाँकी छ । तर अहिलेको माहोलले मर्चवार क्षेत्र परिवर्तनको सङ्घारमा उभिएको स्पष्ट संकेत गरेको स्थानीय मतदाताहरूको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *