खोजि गर्नुहोस..

रुपन्देही ४ मा चुनावी सरगर्मीः सेवक बनेर काम गर्ने यादवको प्रतिवद्धता

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बाबुलाल यादवले आफ्नो चुनावी अभियानलाई निकै आक्रामक रूपमा अगाडि बढाएका छन । ‘जनताको सुख–दुःखमा सधैँ साथ’ भन्ने नारासहित यादव अहिले टोल–टोलमा पुगेर मतदाताको मन जित्ने प्रयासमा छन ।

रुपन्देही ४ अन्तर्गत दक्षिणी मर्चवारमा पर्ने कोटहीमाइ गाउँपालिकाका विभिन्न वडाहरूमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार यादवले मर्चवार क्षेत्रको पिछडिएको अवस्थालाई आर्थिक, भौतिक र साँस्कृतिक क्रान्ति मार्फत सुधार्न आफ्नो उम्मेदवारी रहेको बताए ।

घरदैलोका क्रममा स्थानीय किसानहरूसँग कुरा गर्दै यादवले भने, ‘यो क्षेत्र कृषिमा आधारित छ, तर किसानले अझै पनि उन्नत बिउ, मलखाद र सिँचाइको समस्या झेल्नुपरेको छ । मैले जितेर गएपछि कृषि सुधार र सिमानामा हुने सास्तीलाई व्यवस्थितगर्न प्राथमिकता दिने छु ।’ यादवले मर्चवार क्षेत्रमा कृषिकालागि बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने र कृषि उपज सङ्कलन केन्द्र निर्माणको कार्य गर्ने बताए । उनले स्थानीय युवाहरूलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न साना तथा घरेलु उद्योगको प्रवर्धनका लागि काम गर्ने बताए । उनले भने, ‘भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर अभिबृद्धी तथा स्वास्थ्य चौकीहरूमा दक्ष जनशक्तिको सुनिश्चितता गर्नेछु ।’

यहाँबाट जितेर गएका नेताहरूले  विकासमा ध्यान नदिएको भन्दै स्थानीयले यसपटक नयाँ र कर्मठ नेतृत्व खोजेको बताउदै एक मतदाताले भने, ‘हामीलाई आश्वासन होइन, काम गर्ने मान्छे चाहिएको छ । बाबुलाल जी जनताको बीचमै रहने व्यक्ति हुन, त्यसैले उहाँप्रति हाम्रो आशा छ ।’ भेटघाटका क्रममा उम्मेदवार यादवले आफू कुनै व्यक्तिगत लाभका लागि नभई यस क्षेत्रको मुहार फेर्नका लागि राजनीतिमा आएको दाबी गरे । उनले भने, ‘विगतमा धेरैलाई जिताउनुभयो, तर मर्चवारले केही पाउन सकेन। यसपटक मलाई अवसर दिनुस्, म यो क्षेत्रको सेवक बनेर काम गर्ने प्रतिज्ञा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *