खोजि गर्नुहोस..

केन्द्रमा नेता पलायन भए पनि गाउँमा रास्वपाको प्रभाव बढ्दो छ । बुटवलको मोतिपुर–सेमलार खानेपानी चुनावमा रास्वपा प्यानल बिजयी

२९ कात्तिक, बुटवल । केन्द्रीय तहमा विभिन्न नेताहरूले पार्टी छाड्दै गए पनि गाउँ र समुदाय स्तरमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनसमर्थन तीव्र रूपमा बढ्दो छ। यसको पछिल्लो प्रमाण बुटवलको मोतिपुर–सेमलार खानेपानी उपभोक्ता संस्थाको चुनावमा देखिएको छ, जहाँ रास्वपा निकट प्यानलले नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनलाई पराजित गर्दै क्लिनस्वीप  हासिल गरेको छ।

शुक्रबार राति सार्वजनिक नतिजा अनुसार १४ सदस्यीय कार्यसमिति मध्ये उपाध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पदमा रास्वपाको प्यानल विजयी बनेको छ।

बुटवल उपमहानगरपालिका–१४, १५ र १९ अन्तर्गतका झण्डै १७ सय उपभोक्ता मध्ये १० धारा बराबर एकजना परिषद् सदस्यका दरले १७१ प्रतिनिधित्व प्रणाली अनुसारका मतदाताले मतदान गरेका थिए। निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीका अनुसार,
अध्यक्ष पदमा रास्वपाका कृष्ण थापा ८८ मत ल्याएर विजयी बनेका छन्।
गठबन्धनका नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मतमा सीमित भए। यसै गरि वरिष्ठ उपाध्यक्षमा  गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री, सहसचिवमा  पृथबहादुर थापा यसै गरि महिला सदस्यहरूमा राधा कार्की खाँण र सीता बस्नेत यस्तै सदस्यहरूमा राजकुमार गौतम, हरिप्रसाद खनाल, गोलाप्रथाबाट  लिलाधर दंगोरिया थारु निर्बाचित भएका छन् ।

आन्तरिक लेखा समितिको संयोजकमा विष्णुप्रसाद पाण्डे सदस्यमा लक्ष्मण सेन र महिला सदस्य (गोलाप्रथा)  सरस्वती बुढा निर्बाचित भएका छन् ।

सचिवमा निर्वाचित मधुप्रसाद घिमिरेका अनुसार, सुरुमा सबै दलको सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिएको थियो।
तर रास्वपालाई १० मत पनि नपाउने दल” भन्दै होच्याइएको दाबी गर्दै उनले भने— “अवमूल्यन भएकै कारण हामी प्रतिस्पर्धामा होमियौँ।  उपभोक्ताको परिवर्तन चाहने मतले नै हामीलाई जिताइदियो।”

उनका अनुसार दुइ ठूला दल मिलेता पनि मतदाताको स्वतन्त्र निर्णय र ‘परिवर्तन चाहने मानसिकता’ नै जितको आधार बनेको हो।

यसअघि बुटवलकै नयाँगाउँ खानेपानी उपभोक्ता संस्थामा पनि रास्वपाले कांग्रेस–एमाले गठबन्धनलाई कडा चुनौती दिएको थियो। त्यहाँ ५७ मतको झिनो अन्तरले रास्वपा पराजित भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *