खोजि गर्नुहोस..

आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गर्ने सरकारी निर्णय

काठमाडौँ । सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

गृह, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै असोज १ गतेलाई शोक दिवसका रूपमा सार्वजनिक बिदा दिने र शहीदलाई राष्ट्रिय झण्डा ओढाउने व्यवस्था हुने जानकारी दिए।

सरकारले मृत्यु भएकाको परिवारलाई १० लाख राहतसहित अन्य खर्चका लागि थप ५ लाख उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचार गर्ने, दुर्गम क्षेत्रमा शव लैजान हेलिकप्टर वा सवारीसाधन निःशुल्क उपलब्ध गराउने, साथै दाहसंस्कारमा सहयोग गर्ने निर्णय गरेको छ।

यसबाहेक, आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सैद्धान्तिक सहमति बनेको छ।

सरकारले शहीदहरूको स्मृतिमा “जेन–जी जागरण स्मरण पार्क” निर्माण गर्ने र अघिल्लो ओली सरकारमा पेश भएका तर निर्णय नपुगेका सबै प्रस्ताव फिर्ता लिने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *