खोजि गर्नुहोस..

बुटवल : आइसक्रिम प्रकरणमा निर्दोष ठहरिएका शिक्षक

भानु मरासिनी । बुटवल ।  बुटवलको भाटभटेनी सुपरमार्केटमा आइसक्रिम चोरी गरेको आरोप झेल्नुपरेका कालिका मानवज्ञान स्कुलका शिक्षक शिवशंकर शुक्ला अन्ततः निर्दोष प्रमाणित भएका छन्।

गत शुक्रबार सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिर र भिडियोका आधारमा उनलाई चोरीमा संलग्न देखाइएको थियो। आरोप सार्वजनिक भएलगत्तै स्कुलले शुक्लालाई तत्काल बर्खास्त गरेको थियो। तर, पछिल्लो विस्तृत अध्ययनमा देखिएको विभिन्न कोणको सिसिटिभी फुटेजले उनको संलग्नता पुष्टि नगरेपछि घटना उल्टो भएको हो।

शुक्लाले आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमार्फत भिडियो संदेश सार्वजनिक गरेका छन्। उनले भने,
“म जीवनभर इमानदारीपूर्वक पढाउँदै आएको शिक्षक हुँ। केही मिनेटमै प्रमाणबिनै दोषी ठहरिनुपरेकोमा पीडा भयो। तर, सत्य उजागर भएकामा सन्तोष छ।” उनले अझै थपे, “विना प्रमाण मिडियामार्फत प्रचार गर्ने र विज्ञप्ति जारी गर्ने विद्यालय प्रमुखमाथि पनि कारबाही हुनुपर्छ।”

शुक्लाका दाइका अनुसार, विद्यालय व्यवस्थापन समितिमा विषयको औपचारिक छलफल भइरहेको छ। समितिले बर्खास्ती फिर्ता गर्ने संकेत पनि गरेको छ।यसरी सामाजिक सञ्जालमा हतारमा फैलिएको गलत सूचनाले निर्दोष शिक्षकको पेशागत जीवन नै संकटमा परेको घटना अब पाठ बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *