खोजि गर्नुहोस..

रुपन्देहीमा सशस्त्र प्रहरी जवान १५ हजार घुससहित पक्राउ

लुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा खत्रीलाई नियन्त्रणमा लिएको हो ।
भंसारछली कार्यमा सहजीकरण गरिदिने भन्दै घुस माग गरेको सेवाग्रहीको उजुरी निबेदनका आधारमा पुगेको अख्तियारको टोलीले घुसबापतको रकमसहित सप्रज खत्रीलाइ पक्राउगरी थप अनुसन्धान भइरहेको आयोगका प्रबक्ता राजेन्द्र कुमार पौडेलले प्रेस विज्ञप्ति मार्फत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *