खोजि गर्नुहोस..

अब फाेनपेबाट सजिलै भारतमा भुक्तानी गर्न सकिने

काठमाडौ‌ं । अबदेखी नेपालकाे फाेनपेकाे प्रयाेग गरी भारतमा र भारतकाे नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को प्रयाेग गरी नेपालमा सजिलै भुक्तानि गर्न सकिने भएकाे छ ।  नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीएल’बीच क्रसबोर्डर क्यूआर भुक्तानी सम्झौता भएको छ ।ग्लोबल फिन्टेक फेस्ट २०२३ मा यो ऐतिहासिक साझेदारीको सुरुआत भएको फोनपेले जनाएको छ ।

फोनपे र एनआईपीएलबीचको यो सहकार्यले दुवै राष्ट्रका लाखौँ नागरिकलाई यी दुई नेटवर्कमा आवद्ध मोबाइल एप प्रयोग गरी सुरक्षित भुक्तानी गर्न सकिने भएको छ । यो सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको बताएका छन् ।प्राविधिक एकीकरण भएसँगै एनआईपीएलको क्यूआरमार्फत फोनपे र फोनपेको क्यूआरमार्फत एनआईपीएलको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ । यसले दुवै देशका लाखौँ व्यक्तिहरुलाई सीमापार भुक्तानीका लागि सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ ।

यो सम्झौता अन्तर्राष्ट्रिय बजारमा विस्तारित पहुँचका लागि एक महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा फोनपेले गरेको छ ।फोनपे तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले ‘यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम’ भएको बताएका छन् ।यो पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान  पुर्याउने र अन्ततः समृद्धि र विकासलाई बढावा दिने उनको विश्वास छ ।एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडले यो पहलले यूपीआई एप्समार्फत सहज क्रस बोर्डर भुक्तानीलाई सक्षम पार्ने बताएको छ । बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *