खोजि गर्नुहोस..

भारतविरुद्ध छक्का प्रहार गर्ने भुर्तेल र सोमपाल पाए जनही १ लाख

काठमाडौँ । पाकिस्तान र श्रिलंकामा जारी एसिया कपमा भारत विरुद्ध छक्का प्रहार गर्ने नेपाली क्रिकेटरलाई  इन्स्पायर नोबल फाउण्डेसनले दुई लाख रुपैयाँ प्रदान गरेको छ । बिहीबार इन्स्पायर नोबल फाउण्डेसनले नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो। फाउण्डेसनले भारतविरुद्धको खेलअघि छक्का प्रहार गर्ने प्रतिखेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो

भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए। कुशल र सोमपाललाई फाउण्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए। फाउण्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो। इन्स्पायर नोबेल फाउण्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो। पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताए। कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले राम्रो अनुभव बटुल्न पाएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *