ताैलिहवा । कपिलवस्तु नगरपालिका–९ को श्री मावि, कुश्मालाई शुद्ध खानेपानी व्यवस्थापनको नेपाली कांग्रेसका युवा नेता तथा महाधिबेशन प्रतिनिधी गोपी कृष्ण शर्माले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। शर्माले विद्यालयमा शुद्ध खानेपानीको समस्या समाधानको लागि सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायाण पैडेलले जानकारी गराए । विद्यालयमा खानेपानीको समस्या समाधान गर्नका लागि शर्माले सो सहयोग गरेको पैडेलले बताए । कपिलवस्तु जिल्लाका बिभिन्न पालिकाहरूमा गत बर्षको जाडोयाममा बिपन्न परिवारका बालबालिकाहरूको खुट्टामा एक जोर जुत्ता र दुइ जोर मोजा अभियान संचालन गरेका शर्माले उक्त समयमा बिद्यालयमा जादा खानेपानीको समस्यो देखेको र आफुले सहयोग गर्ने प्रतिबद्धता अनुसार आज बिद्यालयमा पुगेर आर्थिक सहयोग गरेको बताए ।
राजनैतिक तथा सामाजिक क्षेत्रमा कृयासिलतका साथ साथै मदिरा तथा कोल्ड ड्रिक्सको व्यवसाय गर्ने शर्माले भुकम्प, कोरोना महामारीको समयमा सहयोग अभियान चलाएका थिए । शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका बालबालिकालाइ शुद्ध खानेपानी र शिक्षामा सुधारका लागि सहयोग गरेको बताएका छन् । सक्ने सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने समेत उनले बताए ।
उनले पालिकाहरूले निःशुल्क शिक्षाको रट रट्दै आएता पनि बिभिन्न विद्यालयहरूले बिभिन्न सहयोगको रूपमा शुल्क उठाइ रहेको बताए । सार्बजनिक शिक्षा खस्किएको चिन्ता गर्दै उनले निः शुल्क गुणस्तरिय शिक्षाको लागि नीतिमा मात्र नभइ सामुदायिक विद्यालयको अवस्था अध्ययन गरेर विशेष योजना संचालन गर्नु समेत बताए । कपिलवस्तुका पालिकाहरूले पालिकामा कस्ता बिद्यालय कति बिद्यालय हुने र शैक्षिक सुधारको लागि के गर्नु पर्छ भन्ने विषमा बृहत अध्ययन गरि रणनैतिक हिसावले अगाडी बढ्नु पर्ने समेत बताए ।
जाडोयाममा विपन्न परिवारका बालबालिकाहरूलाइ बिद्यालय आउन जान सहज होस शर्माले करिव ६५ जना बालबालिकालाइ जुत्ता मोजा सहयोग गरेको जानकारी गराउदै आफुहरूले खानेपानीको समस्याको बारेमा जानकारी गराउदा सहयोग गर्ने बताए अनुसार शर्माले रकम सहयोग गरेकाे प्रधानाध्यापक सिता खनालले बताइन् । शर्मा जस्ता मनकारी व्याक्तिहरूको सहयोगले विद्यालयलाई नमूना बिद्यालयको रूपमा अगाडी बढाउन सहयोग पुग्ने कुश्मा गाउँ टोल विकास समिति अध्यक्ष मधुसुदन भट्टराइले बताए । स्थानिय स्तरमा स-साना समस्याहरूमा पनि शर्माले सहयोग गर्दै आएको र बिद्यालयमा गरेको सहयोगले अतुलनिय रहेको स्थानिय अगुवा राजु पैडेलले बताए ।
गत बर्षको जाडो याममा सहयोग अभियान संचालन गरि कपिलवस्तु नगरपालिकाका बिभिन्न विद्यालयका करिव ३०० जना बालबालिकाहरूलाइ बिद्यालयहरूको सिफारिस १/१ जोर जुत्ता र २/२ जोर मोजा बितरण गरिएको शर्माले बताएका छन् ।
Related