काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको छ । ।दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
आज बिहान काठमाडौबाट पोखराका लागि उडेको ९ एन एएनसी एटिआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना भएको हो। जहाजमा यात्रु संख्या ६८ र चालक दलका ४ जना रहेका थिए । उद्धार कार्य जारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। आगो निभाउने क्रम जारी रहेको पनि उनले बताएका छन्।