काठमान्डाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन्। प्रधानमन्त्रीले भने, ‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो। यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो। यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो। मैले त्यही ठानेको छु। सिंगो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको छ, देश एकताबद्ध भएर जान्छ।’
पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘भुवन दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ। ‘त्यति वेलाको समय ऊर्जाशील थियो। हामीले उत्साहका साथ मिलेर काम गरेका थियौँ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘२२-२४ वर्षको उमेर निकै महत्वपूर्ण र ऊर्जाशील रहेछ। मलाई नयाँ ऊर्जा प्राप्त भएजस्तो अनुभूति भएको छ।’अहिले ४६ वर्षपछि गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा निर्वाचित भएको छु,’ उनले थपे, ‘बुढीगण्डकी जलविद्युत् आयोजना, आरुघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास मेरो प्राथमिकतामा छ। म त्यहीँको जनप्रतिनिधि हुँ, मेरो जिम्मेवारी बढेको छ।’
नयाँ पत्रिका