खोजि गर्नुहोस..

देश तीन पूर्वप्रधानमन्त्रीको अखडा जस्‍तै भयोः गगन थापा

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ किताब बिमोचन कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका महामन्त्री एवम सांसद  गगनकुमार थापाले तीन जना पूर्वप्रधानमन्त्रीहरूले राजनीतिलाई आफ्नो अखडा बनाएको बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीप्रति लक्षित गर्दै टिप्पणी गरेका हुन्। ‘नेपालको राजनीति कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूको अखडा जस्तो भयो।

कुन चाँहि भूतपूर्व प्रधानमन्त्रीले कुन चाँहि भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनुभयो?,’ उनले भने, ‘आइतबार फलानोले झुक्याउनु भयो। सोमबार अर्कोले ठहरै पार्नुभयो।’‘तीन जना भूतपूर्व प्रधानमन्त्रीहरू त्यो एउटा अखडा भित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लब जस्तो।’महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *