खोजि गर्नुहोस..

तारमा झुन्डिएको मानिस निकाल्ने साधनस्राेत छैन :नुवाकोट प्रहरी

काठमाण्डाै – नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको विद्युत् प्रसारण लाइनको तारमा एक जना मानिस हिँडिरहेकोले ६० मेगावाट क्षमताको त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन  बन्द भएको छ ।

बिहान १० बजेदेखि प्रहरी र स्थानीयवासीले तल झर्न अनुरोध गर्दा पनि प्रसारण लाइनको तारमा पुगेका मानिस तल झरेका छैनन् ।  ती व्यक्तिलाई तल झर्न अनुरोध गर्नेभन्दा बाहेक आफूहरुसँग अरु उपाय नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आफूहरुसँग तारमा रहेको मानिसलाई तल झार्ने प्रविधि नरहेको र पोलमा चढेर ती व्यक्तिलाई पक्राउ गर्न सक्ने तालिम प्राप्त जनशक्ति पनि नभएकोले अहिले पर्खेर बस्नुको विकल्प नभएको प्रहरीले जनाएको छ ।

प्रसारण लाइनमा चढेका व्यक्तिलाई झार्न विद्युत् प्राधिकरणले केही उपाय गरेमात्रै नत्र ती व्यक्ति आफैँ तल नझरुञ्जेल अरु उपाय नभएकोले ती व्यक्तिलाई अनुरोध मात्रै गरिरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *