खोजि गर्नुहोस..

माओवादीको आफ्नै अस्तित्व छैन, अर्कोसँग टाँसिनुपर्ने बाध्यतामा छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनबाट नेकपा माओवादीको जनमत झन् घटेको टिप्पणी गरेका छन् ।शनिबार ललितपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रममा उनले माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको बताएका हुन् ।यो चुनावबाट नेकपा माओवादी केन्दलाई अत्यन्त ठूलो क्षति भएको छ । उसको सिट बढेको छ । तर जनमत उल्लेख्य रुपमा घटेको छ’ उनले भने, ‘०७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ ।’

माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको र आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै शक्ति टाँसिनुपर्ने बाध्यतामा पुगेको महासचिव पोखरेलले बताए ।उनले अहिले नेकपा एमालेको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी नभई नेपाली कांग्रेस नै भएको बताए ।

सत्तारुढ गठबन्धनमा रहेका दललाई नेपाली कांग्रेसले उपयोग गरिरहेको पोखरेलले बताए । माओवादीलगायतका दलले कांग्रेसले आफ्नो स्वार्थका लागि अरुलाई उपयोग गरिरहेको छ भन्ने बुझ्न नसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *