खोजि गर्नुहोस..

अर्घाखाँचीमा कांग्रेसले अन्तर्घात गर्नेलाई कारवाही प्रक्रिया अँगाडी बढायो

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले स्थानिय निर्वाचनमा पार्टी भित्र अन्तर्घात गरेको भन्दै २० जनालाई स्पष्टीकरण सोधेको छ । जिम्मेवार पदमा बसेर पार्टीलाई असहयोग गर्ने तथा अन्तर्घात गर्ने २० जनालाई अर्घाखाँची कांग्रेसको अनुशासन विभागले ७ दिने स्पष्टीकरण सोधेको हो ।जिल्ला कार्य समितिका १ जना पदाधिकारी, १ जना जिल्ला सदस्य सहित २० जनालाई स्पष्टीकरण सोधिएको प्रचार प्रसार बिभाग प्रमुख सुर्य भुसालले जानकारी दिए । पार्टीका जिम्मेवार व्यक्तीले निर्वाचनमा खेलेको भुमिकाको अनुसन्धान भैरहेको र दोषी ठहरिएको खण्डमा तत्काल कारवाही गरिने नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।

आन्तरिक एकता मजबुत हुन नसक्दा जित्नैपर्ने स्थान सन्धिखर्क नगरपालिका वडा नम्बर–६,७ भुमिकास्थान नगरपालिका वडा नम्बर–६,९ शितगंगा नगरपालिका वडा नम्ब–६,७,१०,११ छत्रदेव गाउँपालिका–१,२,४,८ मालारानी गाउँपालिका–३,४ पाणिनी गाउँपालिका–४,५,८ मा समेत कांग्रेस पराजित भएको उनीहरुको ठहर छ । अघिल्लोपटक एक्लै विजयी भएका कतिपय स्थानमा पराजय भोग्नुमा आन्तरिक कारण प्रमुख रहेको नेताहरुको भनाई छ ।निर्वाचन भर्खर सकिएकाले आन्तरिक अध्ययनकै क्रममा रहेको र मौखिक रुपमा वडाहरुबाट अन्तर्घात भएको रिपोर्ट आइरहेको जिल्ला उपसभापती तथा अनुशासन विभाग प्रमुख बिष्णु भुसालले जानकारी दिए । दोषी ठहरिए पार्टीको विधान अनुसार कारवाही गरिने उनको भनाई छ ।२०७४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले एक्लै २६ वडा जितेको थियो । यो निर्वाचनमा गठबन्धन बनाएर चुनावमा गएपनी कांग्रेसले २४ वडामा मात्र जित निकाल्न सकेको छ । चार पालिका जितेको कांग्रेस यसपाली दुई वटामा चित्त बुझाएको छ । अन्तर्घात गरेको प्रमाणित हुनेहरुलाई जिल्ला अनुशासन समितिले स्पष्टीकरण सोधेको र छानबिनको क्रममा दोषी देखिए पार्टी विधानले दिएको अधिकार अनुसार कारवाही गर्ने कांग्रेस अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *