खोजि गर्नुहोस..

कपिलवस्तुको महाराजगंज नगरपालिकामा अब्दुल कलाम र रिताकुमारी विजयी

कपिलवस्तु ।   जिल्लाको महाराजगंज नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा कांग्रेस जिल्ला सभापति रहेका अब्दुल कलामले नेकपा एमालेका रामदास चौधरीलाई एक हजार ५३२ मतान्तरले पराजित गरे । कलाम १० हजार २०० मत ल्याई विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले ८ हजार ६६८ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी रीताकुमारी कुर्मी विजयी भएकी छन् । उनले ११ हजार १६७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भानमति यादवले ७ हजार २०० मत ल्याएकी थिइन् । कांगेसका उपप्रमुख उम्मेदवारको मृत्यु भएपछि यहाँ वैशाख ३० गते तोकिएको निर्वाचन स्थगित भएको थियो । यहाँ जेठ ३ गते निर्वाचन हुँदा परिणाम ढिलो आएको हो । जिल्लामा यो कांग्रेसको चौथौं जित हो । योसँगै जिल्लाको सबै १० स्थानीय तहको परिणाम आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *