खोजि गर्नुहोस..

तिलोत्तमा मेयरमा कांग्रेसका रामकृष्ण खाणको अग्रता कायमै

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले अग्रता कायमै राखेका छन्। यहाँ उपमेयरमा भने नेकपा एमालेकी जगेश्वरीदेवी चौधरीको अग्रता छ। उनको जित सुनिश्चित भइसकेको छ। यहाँ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डे उपमेयर उम्मेदवार छन् ।

खाणले अहिलेसम्म २२ हजार चार सय ५४ मत ल्याएका छन् भने नेकपा एमालेबाट मेयर उम्मेदवार मोहन चापागाईले २१ हजार छ सय ४७ मत ल्याएका छन्। खाण चापागाईंभन्दा ८ सय ७ मतले अगाडि छन्। तिलोत्तमामा कुल मतदाता ८५ हजार सात सय ४७ मध्ये ६४ हजार ७ सय २ मत खसेको थियो। आज बिहानसम्म ५९ हजार चार सय ८५ मतगणना भएको छ। अहिलेसम्म नगरका १७ वडामध्ये १४  वडाको मतगणना सम्पन्न भइसकेको छ। अहिले गणना भइरहेका वडा नम्बर ७ र ८ मा झिनो मतले एमालेका उम्मेदवार अगाडि छन् भने ९ मा कांग्रेसका उम्मेदवार अगाडि छन्। अहिलेसम्म एमालेले नगरका ६ वटा वडा र कांग्रेसले ८ वटा वडामा जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *