खोजि गर्नुहोस..

पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु सुनिश्चित

कास्की । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजय हुने सुनिश्चित भएकाे छ । गन्न बाँकी मतभन्दा अग्रता लिएको मत धेरै भएपछि आचार्यकाे जित सुनिश्चित भएको हो ।  गएकाे वैशाख ३० गते भएको पालिका तहको चुनावमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । जसमा आज बिहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ ।

५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २ सय ८६ मतान्तरसहित अगाडि हुनुहुन्छ भने उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि हुनुहुन्छ । पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको छ । अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयर पदमा एमालेकी मञ्जुदेवि गुरुङ ५८ हजार ५ सय ८२ मत ल्याएर विजय नजिक पुग्नुभएकाे छ । उहाँ नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पार्दै विजय नजिक पुग्नुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *