खोजि गर्नुहोस..

कांग्रेसका १९ सय ,एमाले १६ सय र माओवादी ८सय सीटमा बिजयी

कपिलवस्तु । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा लुम्बिनी प्रदेशबाट नगर प्रमुख ३२, गाउँपालिका अध्यक्ष ७१, नगर उपप्रमुख ३२, गाउँपालिका उपाध्यक्ष ७२, वडाअध्यक्ष ९४६, महिला सदस्य ९४६, दलित महिला सदस्य ९४६, खुला सदस्य १८९२ गरी ४ हजार ९३६ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार नेपाली काँग्रेसले प्रमुख १८, अध्यक्ष २७, उपप्रमुख ११, उपाध्यक्ष ३२, वडा अध्यक्ष ३५९, महिला सदस्य ३५५, दलित महिला सदस्य ३६६ र खुला सदस्य ७२८ जितेको छ । सो दलको सबै पद जोड्दा १८९६ स्थानमा जित हासिल गरेको छ।त्यस्तै, नेकपा (एमाले) ले प्रमुख ८, अध्यक्ष १७, उपप्रमुख १३, उपाध्यक्ष २३, वडा अध्यक्ष ३००, महिला सदस्य ३१९, दलित महिला सदस्य ३०९ र खुला सदस्य ६२७ जितेको छ । सो दलले सबै पद जोड्दा १६१६ जितेको छ।सोहीअनुसार माओवादी केन्द्रले प्रमुख ३, अध्यक्ष २२, उपप्रमुख ४, उपाध्यक्ष ११, वडा अध्यक्ष १६९, महिला सदस्य १६०, दलित महिला सदस्य १५७ र खुला सदस्य ३०२ जितेको छ । सो दलको सबै पद जोड्दा ८२८ जित हासिल गरेको छ।

त्यस्तै, सो प्रदेशमा जसपा नेपालले प्रमुख १, अध्यक्ष २, उपप्रमुख २, उपाध्यक्ष १, वडा अध्यक्ष ४२, महिला सदस्य ३९, दलित महिला सदस्य ३६ र खुला सदस्य ७२ जितेको छ । सो दलको सबै पद जोड्दा १९५ जित हासिल गरेको छ।सोहीअनुसार राप्रपाले प्रमुख १, अध्यक्ष ०, उपप्रमुख १, उपाध्यक्ष १, वडा अध्यक्ष २१, महिला सदस्य १८, दलित महिला सदस्य २१ र खुला सदस्य ४५ जितेको छ । सो दलको सबै पद जोड्दा १०८ जित गरेको छ।त्यस्तै, राष्ट्रिय जनमोर्चाले प्रमुख १, अध्यक्ष १, उपप्रमुख १, उपाध्यक्ष १, वडा अध्यक्ष १६, महिला सदस्य १९, दलित महिला सदस्य २१ र खुला सदस्य ४० जितेको छ । सो दलको सबै पद जोड्दा १०० जित हासिल गरेको छ । सोहीअनुसार लोसपा नेपालले प्रमुख सून्य, अध्यक्ष १, उपप्रमुख सून्य, उपाध्यक्ष १, वडा अध्यक्ष १३, महिला सदस्य १७, दलित महिला सदस्य १६ र खुला सदस्य ३४ जितेको छ । सो दलको सबै पद जोड्दा ८२ जित हासिल गरेको छ।

त्यस्तै, जनमत पार्टी (जपा) ले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष ५, महिला सदस्य ७, दलित महिला सदस्य ५ र खुला सदस्य १४ जितेको छ । सो दलको सबै पद जोड्दा ३१ जित हासिल गरेको छ । सोहीअनुसार जनता प्रगतिशील पार्टी नेपालबाट प्रमुख ०, अध्यक्ष १, उपप्रमुख ०, उपाध्यक्ष १, वडा अध्यक्ष ३, महिला सदस्य २ दलित महिला सदस्य ४ र खुला सदस्य ६ जितेको छ । सो दलको सबै पद जोड्दा १७ जित हासिल गरेको छ ।त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष ४, महिला सदस्य ३, दलित महिला सदस्य २ र खुला सदस्य ७ जितेको छ । सो दलको सवै पद जोड्दा १६ जित हासिल गरेको छ।
त्यस्तै, बहुजन शक्ति पार्टीले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष १, महिला सदस्य १, दलित महिला सदस्य १ र खुला सदस्य २ जितेको छ । सो दलको सबै पद जोड्दा ५ जित हासिल गरेको छ । सोहीअनुसार नेपाल जनता पार्टीले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष १, महिला सदस्य १, दलित महिला सदस्य १ र खुला सदस्य २ जितेको छ । सो दलको सवै पद जोडदा ५ जित हासिल गरेको छ।यसैबीच राष्ट्रिय जनमुक्ति पार्टीले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष ०, महिला सदस्य ०, दलित महिला सदस्य ० र खुला सदस्य १ जितेको छ । यस्तै, सो प्रदेशमा स्वतन्त्रबाट वडा अध्यक्ष १२, महिला सदस्य ५, दलित महिला सदस्य ७र खुला सदस्य १२ गरी कुल ३६ स्थानमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *