खोजि गर्नुहोस..

भरतपुर महानगरको मेयरमा रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन विजयी

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेनु दाहाल विजयी भएकी छन्। नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमालेका नेता विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतले हराउँदै रेनु मेयर भएकी हुन्। यहाँ रेनुले ५२०३० मत ल्याउँदा सुवेदीले ३९५८१ मत ल्याएका थिए।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन्। उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२८०३ मतसहित विजयी भए भने एमाले-राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन्। निर्वाचन अधिकृत कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *