खोजि गर्नुहोस..

सिंहलाई आईजीपी गरिएको बढुवामा विधि मिचिएको दाबी गर्दै एआईजी पाेख्रेल सर्वोच्च अदालतमा

काठमाण्डाै । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेख्रेल सर्वोच्च अदालत जानुभएको छ । नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई गरिएको बढुवामा विधि मिचिएको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेख्रेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । पाेख्रेलको रिट निवेदन सर्वोच्च अदालतमा पेस भएर दर्ताका लागि अध्ययन भइरहेको उहाँले बताउनुभयो । पोख्रेल बाहेक अरु कोही पनि यही  विषयलाई लिएर अदालत नगएका  ढकालले बताउनुभयो ।

अर्का आईजीपी सहकुल थापा पनि सर्वोच्च जाने तयारीमा रहेको बताइएको थियो । हिजोको मन्त्रिपरिषद्को बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । यो निर्णयअनुसार सिंहले आज बिहान दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हाल्नुभएको छ । गृह सचिव टेकनारायण पाण्डेले आईजीपी सिंहलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । वरीयताका क्रममा आफूभन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजी विश्वराज पाेख्रेल सर्वोच्च अदालत पुग्नुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *