खोजि गर्नुहोस..

एमालेले लुम्बिनी प्रदेशले कमिटीका ६ जना लाई र जिल्ला कमिटीका १५ जनालाई कारबाही गर्यो ( विज्ञप्ति सहित )

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा रुपन्देहीका १५ जना रहेका छन् ।पार्टीको निर्णय विरुद्ध लागेको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेको प्रदेश  कमिटीले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।पार्टीको कारबाहीमा परेका प्रदेश कमिटी सदस्यहरुमा कपिलवस्तुका कुमारमधु बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव रहेका छन् । उनीहरु मध्ये कतिपयले स्थानीय तह चुनावमा उम्मेदवारी पनि दिएका छन् ।

यस्तै रुपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकासहित १५ जनालाई पनि साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गरेको छ । पार्टीबाट टिकट नपाएपछि उनीहरुले वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमा देवदह नगरपालिका–१ का हरिबहादुर तामाङ, वडा नम्बर ५ का तोलराज विक, वडा नम्बर ७ का पदम थापा, ओमसतिया गाउँपालिका वडा नम्बर २ का इन्द्रजित यादव, वडा नम्बर ४ का बेचुराम जैयसवाल र वडा नम्बर ४ का रामशंकर चाई रहेका छन् ।

यस्तै रोहिणी गाउँपालिका वडा नम्बर १ का अनिता हरिजन, २ का कान्छा कोहार, ४ का नन्दकिशोर कुर्मी, ५ का पशुपतिनाथ यादव, बुटवल उपमहानगरपालिका वडा नम्बर १६ की बबिता आचार्य, सियारी गाउँपालिका वडा नम्बर ४ का श्रीप्रसाद श्रेष्ठ, गैडहवा गाउँपालिका वडा नम्बर ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का हरी पाण्डे र ५ का हरी पौडेलले एमालेबाट विद्रोह गरी उम्मेदवारी दिएका थिए ।उम्मेदवारी दिएका सबैलाई आ-आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएपनि उनीहरुले अस्वीकार गरेपछि पार्टीले कारबाही गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *