खोजि गर्नुहोस..

पोखरामा काङ्ग्रेसको पार्टी कार्यलय तोडफोड : २३ जना पक्राउ

पोखरा । नेपाली कांग्रेस गण्डकीको पोखरा ३, तेर्सापट्टिस्थित पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् । बिहीबार कांग्रेसको पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘नाराबाजीसहित तोडफोड भइरहेको छ भन्ने सूचनाका आधामार त्यहाँ पुगेका थियौं,’ डिएसपी तिवारीले भने, ‘त्यसमध्येबाट २३ जनालाई नियन्त्रणमा लिएका छौं । क्षतिको विवरण आउन बाँकी छ ।’ उनले तोडफोडमा कति जना संलग्न थिए भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए । पोखरा १८ र २४ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि स्थानीय कार्यकर्ताले विरोध गर्दै तोडफोड गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ । उक्त २ ३ वडा नेकपा माओवादीले पाउने गरी गठबन्धनबीच प्रारम्भिक सहमति भएको थियो । १८ र २४ वडा का नेता तथा कार्यकर्ताले आइतबार जिल्ला सभापतिसहितका पदाधिकारीलाई ५ घण्टा जिल्ला पार्टी कार्यालयमा थुनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *