खोजि गर्नुहोस..

नेपाल एअरलाइन्सको वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेमै अड्कियो

काठमाण्डाै । परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको जहाज रनवेमै अड्किएको छ ।  जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो । ‘एक ठाउँबाट मोड्नुपर्नेमा पाइलटले अर्कै ठाउँबाट मोड्नु भएछ, मोड पुगेन र जहाज अड्किएको छ ’ दाहालले उज्यालोलाई भन्नुभयो । २० मिनेटदेखि अड्किएको जहाजलाई निकाल्ने प्रयास भइरहेको छ । परीक्षण उडानको लागि २ सय ६० जना यात्रु बोकेर जहाज भैरहवा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *