खोजि गर्नुहोस..

नेपालीको प्रतिव्यक्ति आयमा १६ हजार रुपैयाँले वृद्धि

काठमाण्डाै  । एक वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय १६ हजार रुपैयाँले बढेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ सय ३३ डलरले बढेको छ । अमेरिकी डलरको आजको भाउ एक सय २२ रुपैयाँ १६ पैसाले हिसाब गर्दा एक वर्षमा नेपालीको आय १६ हजार २ सय ४७ रुपैयाँले बढेको देखिएको छ । गएको आर्थिक वर्षमा प्रतिव्यक्ति आय १२ सय ३९ अमेरिकी डलर रहेकोमा अहिले १३ सय ७२ अमेरिकी डलर पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *