खोजि गर्नुहोस..

माओवादीले टुङ्ग्यायो महानगर र उपमहानगरका उम्मेदवार

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १/१  जना सहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।

धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी चयन गरिएको छ । धरानको उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु आकाङ्क्षी छन् । तर धरानको मेयरमा मेघा नै उपमेयरको उम्मेदवार हुनसक्ने माओवादी पार्टीका नेताहरुले बताएका छन् । माओवादीले अरु प्रदेश र जिल्लाको आवश्यकतामा चुनावी तालमेल गरेको छ । कतै माओवादी र काँग्रेस कतै एकीकृत समाजवादी र माओवादीबीच तालमेल भएको छ । कतिपय स्थानीय तहमा माओवादीले एकल प्रतिष्पर्धा पनि गरेको छ । आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *