खोजि गर्नुहोस..

माओवादी केन्द्र कपिलवस्तु नगर समितिको प्रतिबद्धता स्मार्ट नगर, वार्ड वार्डमा एम्बुलेन्स र दमकल देखी पत्रकारलाई संरक्षण सम्म

तौलिहवा- नेकपा माओवादी कपिलवस्तु नगरपालिकाले स्थानिय घोषणा पत्र जारी गरेको छ । आज तौलिहवामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कपिलवस्तु नगर समितिले स्मार्ट नगर, वार्ड वार्डमा एम्बुलेन्स र दमकल देखी पत्रकारलाई संरक्षण गर्ने लगायतका प्रतिबद्धता सहितको घोषणा पत्र जारी गरेको हो ।
घोषणा पत्र सार्बजनिक गर्दै माओवादी केन्द्र कपिलवस्तु नगरपालिकामा नगर पमुखका उम्मेद्धार शत्रुधन चौधरीले नगरमा जनतालाई बिचमा राखेर आफुले काम गर्ने बताए । उनले आफु अस्पताल विकास समितिको अध्यक्ष हुंदा अस्पतालको स्तर उन्नती, भवन निमार्णको काम गर्नुका साथै जनता आवसमा कार्यक्रमको नेतृत्व गरेर कार्य गरेको बताए । आफु नगर प्रमुख भए पश्चात सबै संग सहकार्य कार्य गर्ने उनले बताए ।
पार्टीका प्रदेश सदस्य बिष्णु बेल्बासेले कपिलवस्तु नगर देशकै पुरानो र पिछडिएको पालिका बताए । उनले कपिलवस्तु नगरमा हाल सम्म बिभिन्न पार्टी र शक्तिको नाममा जमिन्दारहरुले शासन गरेकोले नगरको विकास हुन नसकेको बताए । देशका उत्कृष्ट १० स्थानिय तहलाई हेर्ने हो अधिकांसमा माओवादीले नेतृत्व गरेको पालिका उत्कृष्ट रहेको बताउदै माओवादी केन्द्रले आफ्ना प्रतिबद्धताहरुलाई जनताको बिचमा जाने बताए ।
पार्टीले कपिलवस्तु नगरपालिकामा नगर प्रमुख सहित सम्पुर्ण उम्मेद्धारहरुलाई जिताउने गरि अभियान संचालन गरेको माओवादीका बैकल्पिक केन्द्रिय सदस्य जित बहादुर चौधरीले बताए । उनले माओवादी केन्द्र परिवर्तनको संघीयता, समाबेशिता, पिछडिएको समुहदायको हक अधिकार संबिधान लेखाएको शक्ति भएकै पछिल्लो समयमा जनताको क्रेज बढ्दै गएको दक्षीण क्षेत्रमा बिगतमा धेरै बलियो भएको बताए ।
घोषणा पत्रमा रहेका २३ बुंदे प्रतिबद्धताहरु

नेपाल कम्युनिष्ट पार्टी(माओबादी केन्द्र) कपिलबस्तु नगर समितिका प्रतिबद्धताहरु:
१ सयौँ बर्षदेखी पिछडिएको कपिलबस्तु नगरपालिकालाई स्मार्ट नगरपालिका बनाउने ।
२ माध्यामिक तह कक्षा(१—१२) सम्म नि:शुल्क शिक्षा कार्यान्वयन गराईने छ । मेडिकल कलेज स्थापना गराउने,मदरशा शिक्षालाई प्रोत्साहन गर्न शिक्षक अनुदान सम्बन्धि व्यवस्था गराईने छ । ५ बर्ष भित्रमा सुविधा सम्पन्न कन्या कलेज स्थापना गराईने छ ।
३ नागरिकता,विद्युत,खानेपानी,लगायतका विभिन्न सिफारीसहरुमा लाग्दै आएको कर छुट गराईने छ । ५ बर्ष भित्र प्रत्येक वडामा १।१ एम्बुलेन्स तथा दमकलको व्यवस्था गराईने छ ।
४ कपिलबस्तु नगरपालिकामा अव्यवस्थित बसोबासको रुपमा रहेका भूमिहिन दलित,विपन्न सीमान्तकृत एवम सुकुम्बासीलाई प्रचलित कानुन बमोजिम लाज पुर्जा वितरण गराईने छ ।
५ जिल्ला तथा नगरपालिका भित्र रहेका पर्यटकिय एवम पुरातात्विक सम्पदाहरु , तिलौराकोट,कुदान,गोटिहवा,सग्रहवा,निग्लिहवा,अरौराकोट,जगदिसपुर ताल लगायतका सम्पदाको बृहत्तर विकासका लागी कपिलबस्तु विकास कोष गठन गरिने छ ।
६ तौलिहवाको बीच भागमा रहेको तौलेश्वनाथलाई राष्ट्रिय सम्पदा घोषणा गराईने छ ।
७ कपिलबस्तु नगरपालिकामा भएका होमस्टेलाई स्तरोन्नति गर्ने नभएको ठाउँमा स्थापना गराई पर्यटन प्रर्वद्धनमा टेवा पुराईने छ ।
८ कपिलबस्तु बहुमुखी क्याम्पसलाई त्रिभूवन विश्वविद्यालयको आँगिक क्याम्पस बनाउन आवश्यक पहल गरिने छ साथै सोही क्याम्मसमा कानुन र ईन्जिनियरिङ अध्ययनका लागी अनुदानको व्यवस्था गरिने छ ।
९ बेरोजगारी समस्यालाई समाधान गर्न घरेलु उद्योगमा अनुदान व्यवस्था गर्ने,मझौला तथा ठुला उद्योग नगरपालिकाकै स्वामित्वमा स्थापना गराई बेरोजगारी समस्या न्यूनिकरण गरिने छ ।
१० कपिलबस्तु नगरपालिका भित्र पुरातात्विक अधिग्रहण तथा सडक अधिग्रहणमा परेका नगरबासीलाई प्रथामिकतामा राखेर राहत अनुदान उपलब्ध गराईने छ ।
११ कपिलबस्तु नगरपालिकामा कक्षा ११/१२ मा सर्बोत्कृष्ट ग्रेड नम्बर ल्याउने मेधावी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागी नि:शुल्क छात्रबृति दिईने छ । “बेटी पढावे शिक्षीत बनावै” शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याईने छ ।
१२ व्यावसायीक रुपमा कृषिमा सँलग्न कृषकलाई नि:शुल्क मल, खाद तथा बीउ बीजनको लगायत आवश्यक सिचाईको सुविधा उपलब्ध गराउने छ ।
१३ सडक विस्तार एवम निर्माण कार्यलाई अल्पकालिन,मध्यकानि तथा दिर्घकालिन गरी ३ चरणमा राखेर प्रथामिकताका आधारमा निर्माण एवम स्तारोन्नति गरिने छ ।
१४ नगर भित्र निर्माण हुने सम्पूर्ण नागरिकहरुका घरका नक्सा नि:शुल्क रुपमा वडा कार्यालयबाट निर्माण गराई सेवा प्रवाह गराईने छ ।
१५ कपिलबस्तु नगरपालिकामा बाल मनोरन्जनका लागी बाल उद्यान (ऋजष्मिचभल एबचप) तथा राष्ट्रिय स्तरको खेल मैदान निर्माण गरिने छ ।
१६ शिक्षा,स्वास्थ्य तथा खानेपानी क्षेत्रमा नेपाल सरकारले निर्धारण गरे बमोजिम नै बजेट विनियोजन गराई शिक्षा स्वास्थ्य तथा खानेपानीलाई प्रथामिकतामा राखीने छ ।
१७ बृद्ध भत्ता एवम विधवा भत्तालाई घर घरमा वितरण गर्ने व्यवस्था गराउने,न्यून आय स्तर भएका एवम गरीब परिवारका प्रत्येक सुत्केरी महिलालाई पोषण भत्ता स्वरुप ५ हजार उपलब्ध गराईने छ ।
१८ महिला स्वास्थ्य स्वमसेवकहरुको पाँच लाख सम्मको दुर्घटना विमा गराईने छ ।
१९ कपिलबस्तु नगरपालिका भित्र क्रियाशील एवम नेपाल पत्रकार महासँघमा सुचीकृत पत्रकारहरुको ५ लाख सम्मको दुर्घटना विमा सहित न्यूनतम मासिक पारिश्रमिक ( सुचना प्रवाहका आधारमा )उपलब्ध गराईने छ ।
२० स्थानीय कला सँस्कृति परम्पराको सँरक्षण गर्दै यहाँका लोपुन्मुख नृत्य, कला सँस्कृतिको एवम सँरक्षण गरिने छ ।
२१ गरीब,विपन्न,सीमान्तकृत एवम भुमिहिन सुकुम्बासी समुदायका लागी जनता आवास कार्यक्रम ल्याईने छ ।
२२ सरकारी अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई सर्वसुलब गराई प्रयोगशालाबाट उपलब्ध हुने अधिकतम सेवा नि:शुल्क गराईने छ ।
२३ शाक्यमूनि बुद्धलिन कपिलवस्तुको कालानमक चामलको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन धान/चामल उत्पादक कृषकहरुलाई अनुदान सहित प्रोत्साहित गर्दै चामलको व्रान्डिङ गरिने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *