खोजि गर्नुहोस..

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष विहिन

काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख रउपप्रमुख पदको भागबण्डाबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । सोमबार साँझसम्म महानगर र उपमहानगरको सिट बाँडफाँटको सहमति गर्ने पूर्वतयारीसहित पाँच दलका शीर्ष नेताहरूबीच बिहानैदेखि छलफल भएपनि सिट बाँडफाँटबारे सहमति जुट्न सकेन । बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि विना निष्कर्ष टुंगिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए । ‘लामो छलफल भयो । धेरै आधार तय भइसकेको छ । करिब–करिब सहमति नजिक पुगेको छ,’ उनले भने, ‘तर कुनै निर्णय भएको छैन ।

सोमबारको बैठक निष्कर्षनजिक पुगेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘आज हामीले तालमेलको विषयमा छलफल गर्यौँ, निष्कर्षको नजिक पुगेका छौं,’ उनले भने, ‘अब भोलि दिउँसो साढे ११ बजे फेरि बैठक बस्छौं, र निर्णयमा पुग्छौं ।’गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफलमा छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ । नेताहरूले त्यही मापदण्डका आधारमा स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्न तल्ला तहलाई निर्देशन गरेका छन् भने केन्द्रबाट ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने तयारी छ । गठबन्धनको चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले आइतबार त्यसबारे होमवर्क गरेको थियो । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिटमा दाबी गरेपछि त्यसबारे कुनै सहमति हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *