खोजि गर्नुहोस..

रुकुम पश्चिममा माओवादी केन्द्रले उम्मेदवारहरुको टुङ्गाे लगायाे

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावका लागि उम्मेदवारहरूको टुङ्गो लगाएको छ । आज सोमवार बसेको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनाेट तथा सिफारिस समितिको बैठकले पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरू टुङ्गो लगाइ प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।  माओवादी रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुव विक्रम बुढाथोकीका अनुसार जिल्लाको चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी र उपप्रमुखमा ईश्वरीकुमारी शर्मा बीएमको नाम सिफरिस गरिएको छ ।

त्यसैगरी आठबीसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाहीलाई सिफरिस गरिएको छ । मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्तकुमार शर्मा र उपप्रमुखमा मिलन खड्कालाई सिफारिस गरिएको प्रचार विभाग प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

त्यसैगरी सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुनलाई सिफारिस गरिएको छ भने त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउलेलाई सिफारिस गरिएको छ । बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीलाई चयन गरेर सिफारिस गरिएको छ । बैठकले जिल्ला समन्वय समिति प्रमुख पदका लागि महिला उम्मेदवार बनाउने निर्णय गरेको छ भने गठबन्धनको निर्णय कार्यान्वयन गर्नका लागि आवश्यक परेमा जो–कोहीको पनि उम्मेदवारी फिर्ता हुन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *