कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा आगालागी हुँदा ६ घरगोठ जलेर नष्ट भएका छन् । शिवराज नगरपालिका वडा नम्बर ११ स्थित भदोखर गाँउमा आगलागी भएको हो । आगलागीबाट ६ घर र १ गोठ जलेर नष्ट भएको जनाइएको छ । सोमबार दिउँसो ३ बजे लागेको आगो ४ बजे नियन्त्रणमा आएको थियो । भदोखरका मोतिराम अहिरको घरबाट लागेको आगोले राम आधारे यादव, दशरथ यादव, सिताराम यादव, अधारे यादव, भिक्की यादवको घर जलेर नष्ट भएको छ ।
आगोबाट के कति आर्थिक नोक्सान भएको हो भन्ने बारे मुचुल्का भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिनु भएको छ
Related