खोजि गर्नुहोस..

बाणगंगामा अध्ययनरत १५ वर्षमुनिका बालवालिकाहरुलाई टाइफाइड बिरुद्ध खोप दिइयो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा आज मोतिपुर स्वास्थ्य चौकीको आयोजनामा वडाका विभिन्न विद्यालयहरुमा अध्ययनरत १५ वर्षमुनिका बालवालिकाहरुलाई खोप प्रदान गरिएको छ । विशेष गरी १५ महिना देखि १५ वर्ष उमेर समुहका बालवालिकाहरुलाई दिइने सो खोप विद्यालय उमेरका बालवालिकाहरुलाई विद्यालयमै स्वास्थ्यकर्मीको टोली पुगेर दिएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ का करिब १७० बढी विद्यार्थीलाई आज खोप दिइएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
चैत २८ सम्म संचालन हुने खोप अभियानमा सबै बालबालिकालाई खोप लगाएर सक्ने योजना रहेको उहाँले बताउनुभयो । बालबालिकाहरुलाई विद्यालयमै केन्द्र तोकेर खोप दिइएको छ । यस्तै विद्यालयमा खोप लगाउन छुटेकाहरुलाई चैत्र २९ गते टोल स्तरमा खोप कार्यक्रम संचालन हुने बताइएको छ ।
सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँने अभियान सुरु गरेको हो । देशभरमा यो उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । स्कुल स्कुलमा गएर खोप दिने योजना बनाइए अनुसार अहिले कपिलवस्तुका प्रया सबैजसो पालिकामा खोप अभियान संचालन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *