खोजि गर्नुहोस..

एसइई तयारी पूरा, प्रश्नपत्र प्रदेशमा पठाइसकियो : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी पूरा भएको जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बोर्डमार्फत सबै प्रक्रिया पुर्‍याई प्रश्नपत्र प्रदेशमा पठाइसकिएको जानकारी दिए। उनले भने,‘परीक्षाको सबै तयारी सकिएको छ,प्रश्नपत्र सम्बन्धित ठाउँमा सुरक्षित ढंगले पुगेको छ।’ परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न विद्यालय,शिक्षक र विद्यार्थीहरूमा उनको आग्रह छ। यस वर्षको एसइई परीक्षा आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदै छ। उनका अनुसार सबै जिल्लामा २ हजार परीक्षा केन्द्र तोकिएको छ। ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसइई परीक्षा दिँदैछन्। यसै वर्षबाट एसइई सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ।

बोर्डका अनुसार प्रदेशले जिम्मा पाए पनि प्रश्नपत्र निर्माण र नतिजा प्रकाशन भने बोर्डबाटै हुनेछ। प्रदेशले उत्तरपुस्तिका परीक्षण,टेबुलेसन, उत्तरपुस्तिका संपरीक्षण गर्नेछ। कोरोना संक्रमणको महामारीका कारण अघिल्ला दुई वर्ष एसइई परीक्षा हुन सकेको थिएन। आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएको थियो। तर,यस वर्ष भने भौतिक उपस्थितिमै परीक्षा हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *