खोजि गर्नुहोस..

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठ जना घाइते

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका ८ मा पर्ने कालीगण्डकी नदीमा दामाचौर र रामपुर जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा आठ जना घाइते भएकाछन् ।

घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेम धनपटेल, बाराका २२ वर्षीय रामनिवासकुमार पटेल, हरिहरपुर ८ का २८ वर्षीय जितेन्द्र पटेल रहेका छन् । यस्तै, अन्य घाइते हुनेमा भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षी अनुपकुमार राव र गोरखामिरासन गाउँपालिकाका २३ वर्षीय सृजन परियार रहेको जिल्लाप्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथि उचालेर जोड्ने क्रममा अचानक बिमसहित कामदारहरु खस्दा घाइते भएको अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *