खोजि गर्नुहोस..

२५,०० को बिन्दुबाट झर्‍यो नेप्से , डेढ अर्बको सेयर कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २५,०० अंकको बिन्दुबाट झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा ०.५९ प्रतिशतले गिरावट हुँदा २५,०० को सर्पोट बिन्दुबाट झल झरेको हो । लामो समयदेखि २५,०० अंकको सपोर्टबाट उकालो लाग्ने गरेको नेप्से आज १४.८८ अंकले गिरावट भएर २४९८.५३ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि आइतबारको भन्दा कारोबार रकम केही बढेर डेढ अर्ब नाघेको छ । आइतबार १ अर्ब ४६ करोडको कारोबार भएको बजारमा आज १ अर्ब ५८ करोडको कारोबार भएको छ । आज बजारमा इमर्जिङ नेपालको ६ करोडको कारोबार हुँदा नबिल बैंकको साढे ५ करोड र सूर्या लाइफको साढे चार करोडको कारोबार भएको छ ।

आज बजारमा १९४ कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३६ कम्पनीको बढेको छ । त्यस्तै १२ कम्पनीको भने स्थिर रहेको छ । राष्ट्र उत्थान लघुवित्त र नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा इमर्जिङ नेपालको ९.१२ प्रतिशत र लिबर्टी इनर्जी लिमिटेडको २.०१ प्रतिशतले बढेको छ । यस्तै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य सवार्धिक ४.२८ प्रतिशतले गिरावट हुँदा प्रभु इन्स्योरेन्सको ४.०१ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको ३.४२ प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *