आक्रमक सुरुवात गरेको नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल र तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहित कुमार पौडेल आउट भएका छन् । कुशलले २२ बल खेल्दै ५ चौका मदद्तमा २५ रन बनाए । रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए ।
पीएनजीका कबुअ मोरेअ र रिले हेकुरले समान एक विकेट लिए । त्यसपछि आसिफ र दीपेन्द्रले नेपालको इनिङ्स सम्हालेका थिए । तर १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि दबाबमा आएको थियो ।आसिफ २९ बल खेल्दै १ छक्काको मदद्तमा २९ रन बनाएर १२औं ओभरको पहिलो बलमा आउट भए । उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ पनि शुन्यमै आउट भए । नेपालका तीनै खेलाडीलाई पीएनजीका सेमो कमिअले आउट गरे । उनले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे ।
३ ओभरमा २८ रन खर्चेका कमिमेअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गर्दै शानदार बलिङ गर्दै ३ विकेट लिए । १६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए । उनले १३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।
त्यसपछि दीपेन्द्र र करण मिलेर सातौं विकेटका लागि अर्धशतकिय साझेदारी गरे । दीपेन्द्र र करणले अन्तिम चार ओभरमा ५४ रन जोडेका थिए । बलिङमा पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, अकुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।