खोजि गर्नुहोस..

तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत पर्ने पत्रेखोलामा आठ वर्ष भइसक्दा पनि पुल बनेन

दाङ । तुलसीपुर–घोराही मुख्य सडकखण्ड अन्तर्गत पर्ने पत्रेखोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भइसक्दा पनि पूर्णता पाउन सकेको छैन । आर्थिक वर्ष ०७१-०७२ मा सम्झौता भएर निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न गर्ने गरी शंकरमाली निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।

पुल नबन्दा घोराही–तुलसीपुर सडकखण्डमा दैनिक ओहोरदोहोर गर्ने सवारीसाधन र पैदलयात्रुले सास्ती व्यहोर्दै आएका छन् । पत्रेखोलामा वर्षाको महिना खोलामा पानीको बहाव बढ्ने भएपछि उक्त सडकखण्डमा दैनिक आवतजावत र आवागमनमा घन्टौं ठप्प हुने गर्दछ । सडक डिभिजन कार्यालय दाङका अनुसार पुल निर्माणका लागि डिजाइन नमिलेको भन्दै निर्माण कार्य लामो समय रोकिएको थियो । २०७१ देखि निर्माण कार्य सुरु गर्दा पुलको डिजाइन नमिलेको भन्दै पुनः डिजाइन गर्नुपर्ने भयो । ठेकेदारको लापरवाहीका कारण नयाँ नक्सा तयार भएन । २०७३ सालदेखि काम पूर्णरुपमा रोकियो । त्यसको चार वर्षसम्म दुई वटा पिलर उठाएकै अवस्थामा पुल निर्माण कार्य ठप्प बन्यो ।

निर्माण कार्य सुर भएको करिब चार वर्षपछि मात्र पुलको नयाँ डिजाइन आएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर अमिर सुवेदी बताउँछन् । ‘निर्माण कम्पनीको लापरवाहीले पुलको नक्सा तयार गर्न ढिलाइ भयो,’ इञ्जिनियर सुवेदीले भने, ‘२०७७ मा नयाँ डिजाइन आएपछिमात्रै काम सुरु गरियो ।’पुलको नक्सा आइसकेपछि सडक डिभिजनले उक्त पुल पुनः सम्झौता गरेर सोही कम्पनीलाई नै निर्माण जिम्मा दिएर काम सुरु गराइएको इञ्जिनियर अधिकार बताउँछिन् ।

पुलको नयाँ डिजाइन प्राप्त भइसकेपछि गत आर्थिक वर्षमै सम्पन्न भइसक्ने गरी पुनः निर्माण कार्य शुरु भयो । तर निर्माण कम्पनीको फेरि पनि ढिलाइ र कोभिड महामारीका कारण निर्माण कार्य रोकिएपछि पुल निर्माण सम्पन्न हुन नसकेको इञ्जिनियर सुवेदीले बताए । सम्झौता अनुसार साढे ३ करोडमा लागत रहेको पुलको निर्माणको म्याद चैत मसान्तसम्म छ । अबको १० दिनभित्रै निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । पुलको अवस्था हेर्दा १० दिनभित्रै सम्पन्न हुने देखिदैन ।

यता, सडक डिभिजन कार्यालयले पुल निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउँछ । हालसम्म उक्त पुलको काम ८५ प्रतिशत पूरा भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर सुवेदीले बताए । उनका अनुसार पुलको सबै काम सम्पन्न भएर एप्रोच निर्माणको काम बाँकी छ । ‘एप्रोच बाहेक सबै निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘चैत मसान्तसम्म काम सम्पन्न हुने गरी काम भइरहेको छ ।’ निर्माण कम्पनीले चैत मसान्त भित्र काम सम्पन्न नगरे हर्जना काटिने उनले बताए । उक्त पुल ४० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *