खोजि गर्नुहोस..

केन्द्रीय समिति बैठकमा विप्लवको प्रस्ताव : चुनावमा जाऔं

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेस भएको छ । कपिलवस्तुमा सुरु भएको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव पेस गरेका हुन् । स्थानीय तह निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने भन्नेबारे बैठकले निर्णय गर्नेछ । महासचिव विप्लवले पेस गरेको प्रस्ताव अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको नेता धर्वेन्द्र बाँस्तोलाले बताए । ‘बैठकमा महासचिव कमरेडले पेस गरेको प्रस्ताव अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई दिइएको छ । शनिबार पुन: बैठक बस्नेछ,’ उनले भने, ‘शनिबारको बैठकमा महासचिवको प्रस्तावबारे केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ ।’

स्थानीय तह निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने भन्नेबारे नेकपामा विवाद छ । महासचिव विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा निर्वाचनमा सहभागी हुनुपर्ने लाइनमा छन् । केन्द्रीय समिति बस्नुअघि बसेको सचिवालय बैठकमा विप्लवले निर्वाचनलाई उपयोग गरेर जानुपर्ने बताएका थिए । तर हेमन्तप्रकाश ओली र धर्वेन्द्र बाँस्तोलाले विप्लवको प्रस्ताव अस्वीकार गरेका थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढा मगर भने तटस्थ बसेका छन् । सन्तोष बुढामगर तटस्थ बस्दा सचिवालयमा दुवै पक्षमा बहुमत र अल्पमत हुन सकेको छैन । विप्लवले निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव बैठकमा पेस गरेको एक केन्द्रीय सदस्यले बताए ।‘महासचिवले आफ्नो प्रस्तावमा सचिवालयमा बहुमत पुर्‍याएर केन्द्रीय समितिमा प्रस्तुत गर्न खोज्नुभएको थियो,’ एक केन्द्रीय सदस्यले भने, ‘सन्तोष कमरेड तटस्थ बस्दा बहुमत वा अल्पमत हुन सकेको छैन । अब केन्द्रीय समितिले निर्णय लिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *