कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित मोतिपुरमा निर्माण सम्पन्न १३२ केभिए प्रशारणलाइनको उद्घाटन सँगै विद्युत आपुर्तिमा समेत सुधारको अनुमान गरिएको छ । बिहिबार कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा आयोजित एक कार्यक्रमका साथ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको उद्घाटन गर्नुभएको थियो । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्यु्त आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समेत उपस्थिति रहेको कार्यक्रममा अब विद्युत आपुर्ति समस्या समाधानको बाटोमा गएको बताइएको छ । प्रशारण लाइनको निर्माणका क्रममा पटक पटक स्थलगत अध्ययन समेत गर्नुभएका कार्यकारी निर्देशक घिसिङ्ले सबस्टेशनको उद्घाटनका क्रममा अब कपिलवस्तु सँगै मोतिपुरमा उद्योग स्थापना र संचालनका लागि औद्योगिक वातावरण तयार भएको बताउनुभयो । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो ।
Related