खोजि गर्नुहोस..

नेकपा एसले तोक्यो ७ वटै प्रदेशमा निर्वाचनका कमाण्डर

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गरी सातै प्रदेशमा केन्द्रीय नेता खटाउने भएको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा पार्टीको सचिवालय बैठकले भूगोलमा गएर वास्तविक अवस्था पहिचान गर्न केही अग्रज नेतालाई प्रदेशमा खटाउने निर्णय गरेको हो ।

निर्वाचनका लागि ‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’ भन्ने मूल चुनावी नारा तयार गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले गण्डकीमा उपाध्यक्ष जयन्ती राई, कर्णालीमा महासचिव बेदुराम भुसाल, प्रदेश नं १ मा उपमहासचिव प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गङ्गालाल तुलाधार, लुम्बिनीमा उपमहासचिव विजय पौडेल र सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई जिम्मेवारी तोकेको छ।सातैवटा प्रदेशमा केन्द्रीय कार्यालयबाट अनुगमन गर्न नेता पठाउने निर्णय गरेको हो । सातैवटा प्रदेशमा गरेको कामको रिपोर्टिङ गर्ने छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *