खोजि गर्नुहोस..

संसदबाट पारित भएको एमसीसी अब चुनावपछि मात्रै बहसमा ल्याउन खनालको अनुरोध

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसदबाट पारित भएको एमसीसी अब चुनावपछि मात्रै बहसमा ल्याउन अनुरोध गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी चुनावमा कांग्रेससँगको गठबन्धनका विषयमा टुंगो लागिनसकेको बताउँदै अहिले कांग्रेसभित्र दुई धार रहेको बताएका छन् ।

“कांग्रेसमा गगन थापा, शेखर कोइरालाहरु गठबन्धन गरेर जानुहुँदैन, गठबन्धन गरेर गयौँ भने हामीले ७० सिटमात्रै जित्छौँ एक्लै गयौँभने १५५ सिट जित्ने आकलन गरेका रहेछन् तर शेरबहादुर देउवा अहिले पनि गठबन्धन गरेरै जानुपर्ने अडानमा हुनुहुन्छ,” खनालले भने, “कांग्रेसले अनुसन्धान गरेर भनेको छ । हामीले पनि अब विचार गरेर निर्णय गर्नुपर्ने हुन्छ ।”उनले अहिलेको अवस्थामा कांग्रेस र एमालेमध्ये को ठूलो पार्टी हुने भन्ने होड रहेको बताएका छन् । केन्द्रीय कमिटीको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *