खोजि गर्नुहोस..

दीपेन्द्रसिंह ऐरी ‘आईसीसी प्लेयर अफ द मन्थ’ काे मनाेनयनमा

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी पर्न सफल भएका छन् । आईसीसीले आज बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी, भारतका श्रेयस अय्यर र यूएईका वृत्य अरविन्द परेका छन् । भोटिङका आधारमा तीन जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन् ।

आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल छनोट हुन सकेन र तेस्रो स्थानमै रह्यो । तर नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले प्रतियोगितामा एक सय ५९ रन बनाउँदै ६ विकेट पनि लिए । छनोटअघि ओमान, यूएई र आयरल्यान्डसँग भएको शृङ्खलामा पनि दीपेन्द्रले एक सय ४२ रन बनाउँदै चार विकेट पनि लिएका थिए । यस्तै भारतीय खेलाडी श्रेयस अय्यरले वेस्ट इन्डिजसँगको एकदिवसीय र टी–२० तथा श्रीलङ्कासँगको शृङ्खलामा पनि उत्कृष्ट ब्याटिङ गरेका थिए ।  यूएईका वृत्य अरविन्दले आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटमा उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई विश्व कपमा पुर्‍याएका छन् । १९ वर्षका अरविन्दले पाँच खेलमा दुई सय ६७ रन बनाएका छन् ।

भाेट गर्न यहाँ क्लिक गर्नुहाेस् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *