खोजि गर्नुहोस..

प्रहरी प्रसासन के गर्दै छ ? आपराधिक समूह युवकको टाउको काटेर फरार हुन्छ ,प्रहरीलाई समेत चुनौती दिएर पक्रेर देखाउन भन्छ

आपराधिक समूह युवकको टाउको काटेर फरार हुन्छ । घटना लगत्तै प्रहरीलाई समेत चुनौती दिएर पक्रेर देखाउन भन्छन् । त्यसको झण्डै तीन महिनापछि भिडियोमार्फत् आफूहरुको पछि नलाग्न धम्की दिन्छन् । यो घटना कैलालीको हो । प्रहरीलाई नै चुनौती दिदै युवकहरुले धम्की दिएका छन् । नेपालमा यसअघि यस्तो चुनौती आतंकवादी घोषित समूहले मात्र गर्दथे । तर, लागूऔषधसँग जोडिएको समूहले पहिलोपटक धम्कीसहित अडियो र भिडियो सार्वजनिक गरेको सम्भवत पहिलो घटना हो ।

कैलालीमा २५ वर्षीय अरुण दासको हत्या गरी फरार चार अभियुक्तले फेसबुकमा भिडियो राखी धम्की दिएका हुन् । चार जनाले भिडियो राखेर आफ्नो पछि नलाग्न धम्की दिएका हुन् । चारजनामध्ये एकजनाले अपशब्द समेत बोलेर धम्की दिएका हुन् । ती युवकले भनेका छन्,‘तेरो बाऊ मारेको छु । कि तेरो जोई लग्दे भन ? नलाग के नलाग हाम्रो पछि नलाग ’ युवकहरुले आफू लुकेर नबसेको बताएका छन् । उनीहरुले कुकुर मारे जस्तो मान्छे मारेको भनेका छन् । तीमध्ये एक युवकले भनेका छन्,‘समुन्द्र तब शान्त हुन्छ जब तुफान आउनेवाला हुन्छ, औकात नभएकाहरु ।’ जानकी गाउँपालिका ९ का अरुण दासको टाउको शरीरबाट अलग पारिएको अवस्थामा ४ पौषमा शव फेला परेको थियो । हत्यापछि मनोन नाम गरेका युवकको फोन रेकर्ड सार्वजनिक भएको थियो । उनले टाउको छिनालेर सीमा काटिसकेको बताएका थिए । दासको श्रीमती र छोरी छन् । उनका आमा, बुवा र दाई भारतमा बस्दै आएका छन् । आपराधिक समूह पहिचान भइसक्दा पक्राऊ गर्न नसक्नु र उल्टै प्रहरीलाई धम्की दिनुले प्रहरी मुख्यालयमा समेत खैलाबैला भएको बुझिएको छ । आपराधिक समूहले प्रहरीलाई धम्क्याउने अवस्था विकास भएबाट प्रहरी मुख्यालय नै निरिह हुन थालेको विश्लेषण हुन थालेको छ ।

प्र्स्तुत् : Reporters Nepal साभार 

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *