खोजि गर्नुहोस..

लुम्बिनीको विकास र प्रवर्दनमा सरकारले चासो देखाउनुपर्ने कर्णाली प्रदेश प्रमुख परियारको भनाई

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लुम्बिनीको विकास र प्रवर्दनमा सरकारले चासो देखाउनुपर्ने बताउनुभएको छ ।सोमबार लुम्बिनीको मायादेवि मन्दिरको अवलोकन गर्दै उहाँले बुद्ध र उहाँको जन्मस्थलबारे विश्वमा भ्रम फैल्याउने काम भैरहेको भन्दै सरकारी तवरबाट भ्रमको निवारण गर्नुपर्ने बताउनुभयो । साथै बुद्धको जन्मस्थलको विकासमा सरकारले चासो देखाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सो अवसरमा लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले प्रदेश प्रमुख परियारलाई मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ताको लागि बुटबल आउनुभएका परियारले सो क्रममा मायादेवि मन्दिरसँग लुम्बिनीमा रहेका विभिन्न विहार तथा गुम्बाहरुको अवलोकन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *